
सिन्धुली, ५ बैशाख । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर २ को विभिन्न गाउँमा राष्ट्रिय प्रशारण लाईनको बिजुली पुगेको छ ।
११ केभी प्रशारण लाईन मार्फत वितरण गरिएको उक्त बिजुलीले मरिण गाउँपालिका वडा नम्बर २ को बेसार डाँडा, मार्पा डाँडा, सामरी, सर्फे, कामी डाँडा आदि ठाँउहरुका ३० घरधुरीमा बिजुली सेवा पुगेको छ ।
मरिण गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष कमल बहादुर आलेले शुक्रवार स्वीच थिचेर बत्ति बाल्दै बिजुलीको औपचारिक उद्घाटन गर्नुभएको हो ।
बेसार डाँडा, मार्पा डाँडा, सामरी, सर्फे, कामी डाँडा भौगोलिक रुपमा वडा नम्बर २ को विकट गाउँहरु मानिन्छ । बिजुली उद्घाटन गर्दै वडाअध्यक्ष आले मगरले वडाको अधिकांस गाउँहरुमा बिजुली पुगी सकेको बताउनुभयो ।