
सिन्धुली ५ असोज । सिन्धुलीको मरिण गाउँपालिकामा किसान पेन्सनको व्यवस्था मिलाउन वजेट विनियोजन भएको छ ।
“कुटो कोदालो औजार छ हातमाः मरिण सरकार छ किसानको साथमा ” भन्ने मुल नारालाई कार्यन्वय गर्न बास्ताविक किसानहरुको पहिचान गरि किसान पेन्सनको व्यवस्थाको लागि वजेट विनियोजन भएको हो ।
मरिण गाउ्रँपालिकाले किसानलाई पेन्सन दिने गरी आर्थिक वर्ष २०८१÷०८२ निति तथा कार्यक्रम र बजेट बनाएको छ ।
लोकप्रिय कार्यक्रमको रुपमा योगदानमा आधारित किसान पेन्सन कार्यक्रम लागु गर्न चालु आर्थिक बर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।
किसान राष्ट्रका गहना हुन, किसान राष्ट्रका सम्पत्ति हुन, किसानको परिश्रम बिना देश बिकास असम्भव छ, श्रम प्रति सम्मान गर्दै किसान हुनुमा गर्व छ भन्ने भावना जागृत गराइ कृषि कर्मप्रति किसानहरुलाई आकर्षित एवम् समर्पित गराउने उद्देश्यले किसान पेन्सन कार्यक्रम ल्याईएको अध्यक्ष मु्क्तानको भनाई छ ।
किसान पेन्सन कार्यक्रम लागु गर्न नियम,कानुन तथा कार्यविधि बनाउन तयारी भईरहेको अध्यक्ष मुक्तानले बताउनुभयो ।
वजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि गहन छलफल भइरहेको अध्यक्ष मुक्तानले बताउनुभयो ।