मरिण गाउँपालिकामा नागरिकका प्रश्न, जिज्ञासा र गुनासो सुनुवाई

सिन्धुली प्रेस
  • ख-
  • ख+

कपिलाकोट, १३ कार्तिक । सिन्धुलीको मरिण गाउँपालिकामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको सेवा प्रवाहलाई पारदर्शी, जनप्रतिनिधि तथा कर्मचारीहरुलाई नागरिक प्रति उत्तरदायी र जवाफदेही बनाउने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

आर्थिक बर्ष २०८१÷०८२ को पहिलो चार महिनामा मरिण गाउँपालिका र ६ नम्ब्र वडा कार्यालयबाट भएको सेवा प्रवाहका बिषयमा नागरिक, जनप्रतिनिधि र कर्मचारी बिच सवाल जवाफ भएको छ ।

कार्यक्रममा सहभागी नागरिकले गरेका प्रश्न, जिज्ञासा, गुनासो र सुझावको बिषयमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो जवाफ राखेका हुन् । मरिण गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि ६३ करोड ६० लाख ६३ हजार ८ सय रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।

चालु आर्थिक बर्षको चार महिनामा कुल बजेटको १३ प्रतिशत रकम खर्च भएको मरिण गाउँपालिकाले जनाएको छ ।

मरिण गाउँपालिका ६ नम्बर वडा अध्यक्ष हर्कविर माझीको अध्यक्षतामा भएको कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दास, विभिन्न राजनितिक दलका नेताहरु, वडाअध्यक्षहरु, ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक बेनु कार्की, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्