मरिण गाउँपालिकामा आज ३२ औँ अपाङ्गता दिवस मनाइयो

सिन्धुली प्रेस
  • ख-
  • ख+

छाप,मरिण सिन्धुली, १७ कार्तिक

सिन्धुलीको मरिण गाउँपालिकामा आज २३ औँ अपाङ्गता दिवस मनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूसँग अन्तरिक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझीले अपाङ्ग परिचय लिनका लागि गाउँपालिकामा आएका निवेदनहरूको प्रत्येक महिना बैठक बसेर निर्णय गर्दै परिचय पत्र वितरण गर्दै आएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले दिदै आएको सबै सेवा सुविधा सहज र छिटो प्रवाह गरिरहेको बताउनुभयो । कार्यक्रम बोल्दै वडा नमवर १ का वडाअध्यक्ष हिरा बहादुर गुर्मछान र वडा नम्बर ६ का वडाअध्यक्ष हर्कविर माझीले आफ्नो अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरूले पनि सक्रियता बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्यहरू, विभिन्न वडाका अपाङ्गतत भएका व्यक्ति र परिवारका सदस्यको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्