मरिण गाउँपालिकामा आज विहान माेटरसाईकल दुर्घटना हुदा ३ जना घाईते, १ गम्भीर

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २९ पुस । मदन भण्डारी राजमार्ग अन्तरत मरिण गाउँपालिकामा आज विहान माेटरसाईकल दुर्घटना हुदा ३ जना घाईते भएका छन् । मरिण गाउँपालिका वडा नम्बर २ सखाैरीमा भएकाे दुर्घटनामा घाईते भएका मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।
दुर्घटनामा मरिण गाउँपालिका वडा नं. २ सखौरीका ३७ बर्षका तारा बहादुर पुलामी, ४१ बर्षका चित्र बहादुर माझी र ३८ बर्षका राम बहादुर ठाडा रहेका छन् । घाइते भएका राम बहादुर ठाडाकाे अवस्था गम्भीर रहेकाे छ ।
घाईतेहरूलाई घाईतेहरूकाे मरिणकाे कपिलाकाेट प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ लैजाने तयारी भईरहेकाे स्थानीय माेतीलाल गाेलेले जानकारी दिनुभयो । एउटै माेटरसाईकलमा तीन जना सवार रहेका थिए । मरिण गाउँपालिका वडा नम्बर ३ नक्कलीबाट घर फर्कने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?