मरिणका पुलामीको अध्यक्षतामा अखिल क्रान्तिकारी त्रि–चन्द्र क्याम्पस समितिको गठन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १ फाल्गुन । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर २ सखौरीका सुमन पुलामीको अध्यक्षतामा अखिल क्रान्तिकारी त्रि–चन्द्र क्याम्पस समितिको गठन गरिएको छ ।

समितिको १३ औँ सम्मेलनबाट पुलामीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।

उपाध्यक्षहरुमा मोहन बस्नेत, प्रदिप भट्ट, अनुप खत्री, सचिवमा बिपिन धिताल, सह–सचिवहरुमा सत्यप्रकाश शाह, लोकराज बिसी, संदेश न्यौपाने र कोषाध्यक्षमा उर्मिला राई चयन हुनुभएको छ ।

समितिको इन्चार्जमा महेश बुढा, सह–इन्चार्जहरुमा किशोर पराजुली सुजित कुमार झा चयन हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्