भूमि समसया समाधान आयोग, जिल्ला समिति सिन्धुलीको अध्यक्षमा कौसल कोइराला नियुक्त

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २९ पुष । भूमि समसया समाधान आयोग, जिल्ला समिति सिन्धुलीको अध्यक्षमा कौसल कोइराला नियुक्त हुनुभएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर सिन्धुलीको अध्यक्षमा नेकपा एमालेका नेता कोइरालालाई नियुक्त गरेको हो ।

गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । एमालेको भागमा परेको सिन्धुलीबाट एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहेका कौशल कोइराला अध्यक्षमा नियुक्त भएका हुन् ।

भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई सोमबार शपथ गराएका छन् ।

यस्तै सदस्यमा एमालेबाट देवराज वाईवा नियुक्त भएका छन् । नेपाली कांग्रेसको कोटामा अब थप दुई जना सदस्य नियुक्त हुनुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?