
सिन्धुली । गोलन्जोर गाउँपालिकामा तीन वटा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र बन्ने भएका छन् ।
गोलान्जोर गाउँपालिकाको वडा नं. ६ घोक्सिला, वडा नं. ४ तीनकन्याको किराँते र माझकुविण्डेमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण हुने भएका हुन् ।
गाउँपालिका अध्यक्ष शंकराज बराल र ब्याक टु लाइफका निर्देशक अच्युत प्रसाद पौडेलले वडा नं. ४ किराँते सामुदायिक स्वास्थ्य केन्द्र, माझकुविन्डेमा रहेको तीनकन्या सामुदायिक स्वास्थ्य केन्द्र र घोक्सीला सामुदायिक स्वास्थ्य केन्द्रको भवन संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख रुपैंया बराबरको लागतमा हेल्थपोष्ट हरूको निर्माण सुरु गरिएको छ । ब्याक टु लाइफको स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको हेल्थ पोस्ट भवनको मापदण्ड अनुसार डिजाइन गरिएको छ।
ब्याक टु लाईफको ईभी जर्मनको सहयोगमा निर्माण हुने सामुदायिक स्वास्थ्य केन्द्रमा आकस्मिक कक्ष, औषधी कक्ष, प्रसूती क्षक, पूर्व प्रसूति कक्ष, उपचार कक्ष, दर्ता कक्ष, चिकित्सक कक्ष र बहु उपयोगी कक्ष समेत रहेको छन् । हेल्थ पोस्ट भवनको निर्माण कार्य १२ महिनाभित्र सम्पन्न गरेर स्थानीय सम गरिएको ब्याक टु लाईफका मेनेजर अनुप पौडेलले जानकारी दिए । निर्माणको जिम्मा वेदालय कन्ट्रक्सन भक्तपुरले पाएको छ ।