बागमतीको बाढीबाट प्रभावित हरिहरपुरगढीका स्थानियलाई पालिकाले दियो राहत

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १२ असोज । अविरल परेको पानीका कारण बागमती नदीमा आएको बाढीले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको बस्ती डुबानमा परेको छ ।

बागमती नदीमा आएको बाढीले हरिहपुरगढी गाउँपालिका ३ साडे,नयाँबस्तीको ९ घर डुबानमा परेको वडाअध्यक्ष कुल बहादुर भोलन (उज्ज्वल) ले जानकारी दिनुभयो ।

बाढीको डुबानमा परेर पिडित ९ घरपरिवारलाई हरिहरपुरगढी गाउँपालिका राहत वितरण गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्ध्वज वाईबा सहितको टोलीले बाढी प्रभावित क्षेत्रमै पुगेर पिडित परिवारलाई खाद्यान्नका सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्