फिक्कल गाउँपालिका ६ को नयाँ प्रशासनिक भवन उद्घाटन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २१ असोज । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ६ को नयाँ प्रशासनिक भवन निर्माण भएको छ ।

करिव १ करोड लागतमा बनेको वडा कार्यालय भवन आज आयोजित एक कार्यक्रमका बिच फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बरालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

साढे दुई तला रहेको भवनमा वडा अध्यक्षको कार्यकक्ष, सभाहल, आवास, स्तनपान कक्ष सहितको सुविधा रहेको छ ।

यस अघि भाडाको घरबाट नागरिकलाई वडा कार्यालयको सेवा प्रवाह गरिदै आएको थियो ।

नयाँ सुविधा सम्पन्न भवन बनेपछि अबदेखि नागरिकलाई छिटो, छरित्तो र गुणस्तरीय सेवा दिन सहज हुने वडा अध्यक्ष कुलेन्द्र बहादुर मगरले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्