सिन्धुली, १९, चैत । सिन्धुलीको फिक्कल गाउँपालिकामा आईतवार दिउँसो (हिजो) करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् ।
करेन्ट लागेर जली घाईते हुनेमा ईलाको माङ्सेबुक गाउँपालिका –१ का ३८ बर्षका ईलेक्ट्रिसियन रामकुमार लिम्बु रहेका छन् ।
फिक्कल गाउँपालिका ६ गेरुडाडाँमा केन्द्रिय प्रशारण लाईन विस्तार गर्नेक्रममा ट्रान्सफर्मर बनाउदै गर्दा अचानक करेन्ट लागि उहाँ घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईते लिम्बुको जनसेवा हेल्थकेयर घुर्मीमा सामान्य उपचार गरी थप उपचारको लागि काठमाडौँ किर्तिपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशब कुमार कटवालले जानकारी दिनुभयो ।