
सिन्धुली, ६ बैशाख । नेकपा(माओवादी केन्द्र) निकट भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल, फिक्कल गाउँपालिका समितिको नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रवार फिक्कल गाउँपालिका ३ चनौटेमा भएको दोस्रो अधिवेशनले सुरज मगरको अध्यक्षतामा ४५ सदस्यीय नयाँ समिति सर्वसम्मत गठन गरेको हो । संगठनको उपाध्यक्षहरुमा रमेश सार्की, कमल सुनुवार, सविना विश्वकर्मा, सचिवमा पदम बहादुर सुनुवार (अविनास), सह–सचिवहरुमा शिव सुनुवार, योगेन्द्र रैका मगर, सोम बहादुर मगर र कोषाध्यक्षमा विनिता सुनुवार सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै शुक्रवार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) फिक्कल गाउँ समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रुद्र कुमारी पहाडीको अध्यक्षतामा २६ सदस्यीय नयाँ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षहरुमा भक्त कुमारी श्रेष्ठ, गंगा माया राई, सचिवमा भक्तिमाया सुनुवार र कोषाध्यक्षमा बुद्धिमाया सुनुवार सर्वसम्मत चयन भएका नेकपा(माओवादी केन्द्र) फिक्कल गाउँपालिका समितिका अध्यक्ष शुक्र बहादुर सुनुवार(प्रभात) ले जानकारी दिनुभयो ।
माओवादी केन्द्र सिन्धुली जिल्ला इन्चार्ज बुद्धिामान माझी (बसन्त) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा वाइसिएल नेपालका केन्द्रिय सचीव राजकुमार श्रेष्ठ, प्रदेश र जिल्लाका नेतृत्वहरुको उपस्थिती रहेको थियो ।