प्लान ईन्टरनेशनल नेपालले सिन्धुलीका गैरसरकारी संस्थाहरुसँग साझेदारी गरेर संचालन गरेको कार्यक्रमहरुको अनुगमन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १९ मंसिर । प्लान ईन्टरनेशनल नेपालले सिन्धुलीका विभिन्न गैरसरकारी संस्थाहरुसँग साझेदारी गरेर संचालन गरेको कार्यक्रमहरुको अनुगमन गरिएको छ ।

प्लान ईन्टरनेशनल नेपालको विभिन्न अन्तराष्ट्रिय सहयोगी दाताहरुले सिन्धुलीमा संचालित कार्यक्रमहरुको अनुगमन गरेको हो ।

गएको मंसिर १७ गते अन्तराष्ट्रिय सहयोगी दाताहरुले प्लान इन्टरनेशनल नेपालले हेन्ड्स नेपाल र सिड्स नेपाल सिन्धुलीसँगको साझेदारीमा संचालन गरिएको विभिन्न कार्यक्रमहरुको अनुगमन गरेको छ ।

सिड्स नेपाल सिन्धुलीले संचालन गरेको दक्ष युवा परियोजना, हेडन्स नेपालले संचालन गरेको जिएसएस परियोजना लगाएतको अनुगमन गरिएको दक्ष युवा परियोजना संयोजक विक्रम केसीले बताउनुभयो ।

सिड्स नेपाल सिन्धुलीले संचालन गरेको दक्ष युवा परियोजना अन्तर्गत छोटो अबधीको सिपमुलक तालिममा सहभागी भएका नवज्योति बहिरा माविका बहिरा विद्यार्थीहरुले चलाएको होटलको अनुगमन गरिएको छ ।

हेन्ड्स नेपालले नवज्योति बहिरा माविमै बनाएको छात्रा वास, किशोरीहरुको लागि वितरण गरेको खेलसामाग्री, विद्यालय पोषाक, शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम लगाएको अनुगमन गरिएको कार्यक्रम संयोजक केसीले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्