प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिकाे पाँचौ अधिवेशन आज देखि सुरू

सिन्धुली प्रेस
  • ख-
  • ख+


सिन्धुपाल्चोक, ५ फागुन ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिकाे पाँचौ अधिवेशन आज देखि सुरू भएकाे छ । सिन्धुपाल्चोककाे सुकुटेमा आयोजित एक कार्यक्रमका बिच माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नी प्रसाद सापकोटाले अधिवेशनकाे उद्घाटन गर्नुभएको हाे ।

अधिवेशनले प्रदेश समितिकाे नयाँ नेतृत्व निर्वाचित गर्नेछ । अधिवेशनको उद्घाटन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकाेटाले निर्वाचन प्रणालीले गर्दा देशमा भ्रष्टाचार बढ्दै गएकाले पुर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनु बताउनुभयो ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकाेटा(जुगल)ले प्रेस सेन्टरकाे विगतकाे पहिचान अरू संगठन भन्दा फरक भएकाले अहिले पनि जनपक्षीय पत्रकारीताकाे माध्यमबाट अरूभन्दा फरक हुनुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सरल सहयात्रीले हरेक समस्याको समाधानका उपाय हुने बताउदै पत्रकारीता क्षेत्रमा देखिएका समस्याहरू पनि समाधान गर्न सकिने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्