
सिन्धुली, ३० असोज । मरिण गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई एम्बुलेन्स दिएको छ ।
आज आयोजित एक कार्यक्रमका बिच मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले वडा नं. ६ का वडाअध्यक्ष हर्कविर माझीलाई ‘ख’ बर्गको सुविधा भएको एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिकाको २१ लाख रुपैयाँ लागतमा खरिद गरी एम्बुलेन्स हस्तान्तरण गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो ।
मरिण गाउँपालिकाले पालिकामा पहिलो ‘ख’ बर्गको एम्बुलेन्स खरिद गरी प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट मार्फत संचालन सुरु गरेको हो ।
योसँगै मरिण गाउँपालिका भित्र ४ वटा एम्बुलेन्सले सेवा दिने भएका छन् ।
मरिण गाउँपालिकाले गर्भवती महिलाहरुलाई सुत्केरी हुन अस्पतालमा ल्याउन निःशुल्क एम्बुलेन्स सेवा दिदै आएको छ ।