प्रहरी चौकी हर्षाहीको नवनिर्मित भवन उद्घाटन

आस्था विश्वकर्मा
  • ख-
  • ख+

सिन्धुली, ११ असोज । सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ मा रहेको प्रहरी चौकी हर्षाही, जगाडीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

आज एक समारोहको विच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले रिवन काटेर नवनिर्वित भवनको उद्घाटन गर्नुभएको हो ।

बागमती प्रदेश सरकारको कुल २ करोड १० लाख ४१ हजार ८ सय २३ रुपैयाँ लागतमा दुई चरणमा भवन निर्माण भएको हो । २०७८ सालमा निर्माण सुरु भएको भवनमा व्यारेक, भान्सा कोठा, शौचालय लगाएतको संरचनाहरु बनेका छन् ।

नयाँ भवन बनेसँगै प्रहरी चौकी हर्षाहीमा कार्यरत प्रहरीहरुलाई सेवा प्रवाह गर्न सहज भएको छ भने त्यस क्षेत्रका झन्डै ७ हजार बढी नागरिकलाई पनि सेवा लिन सहज हुने भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले नवनिर्मित भवनले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहमा निक्कै सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ भवनबाट समाजमा हुने अपराध नियन्त्रण, रोकथाम, नागरिकको ज्यान, धन, सार्वजनिक सम्पत्तिको रक्षा, कानुन कार्यान्वयन गर्दै नागरिकको हरेक दुखमा सहयोगी भई अब्बल प्रमाणीत गर्न मातहतका प्रहरीहरुलाई निर्देशन समेत दिनुभयो ।

मन्त्री लामिछानेका अनुसार २०७५ साल देखि आर्थिक वर्ष २०८०÷०८१ सम्ममा बागमती प्रदेश सरकारले नेपाल प्रहरीका विभिन्न तहका भौतिक पूर्वाधारको लागि ३ अर्ब ४७ करोड २२ लाख ६४ हजार खर्च गरेको छ ।

नेपाल प्रहरीको सेवामा कुनै कमि नहोस भनेर हाल सम्म प्रदेश सरकारले ७१ वटा प्रहरी ईकाईमा लगानी गरेको र जसमध्ये ६५ वटा इकाई भवन निर्माण भइसकेको मन्त्री लामिछानेले बताउनुभयो ।

यो वर्ष १८ वटा प्रहरी इकाई भवनहरु निर्माण गर्न १० करोड ४४ लाख ८३ हजार र प्रहरी भवनको भौतिक सुधार गर्न ३ करोड १३ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन भएको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी चौकी भवन निर्माणको लागि ५ कठ्ठा जग्गा दिने फलाम सिहं घिसिङ्गको परिवार सहित प्रहरी भवन कार्यलय निर्माणमा योगदान दिने व्यक्तिहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।

भवन उद्घाटन कार्यक्रममा आन्तारिक मामिला तथा कानुन मन्त्रालयका सचिब पूर्ण बहादुर दर्जी, बागमति प्रदेश प्रहरी कार्यलय हेटौडा भौतिक पुर्वाधार शाखा प्रमुख प्रहरी नायब उपरिक्षक शम्भू प्रसाद कोईरी, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार, उपप्रमुख शान्ता कार्की, गोलनजोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्योपाने पुकार, प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्मा, दुधौली नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको उपस्थीति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?