
सिन्धुली, २५ माघ । सिन्धुलीको मरिण गाउँपालिकामा आयाेजना भएकाे प्रथम मरिण गोल्डकपको उपाधीका सर्लाहीको बागमती युवा क्ललले जितेकाे छ ।
मरिण गाउँपालिका २ मुङ्ग्रे खेलमैदानमा आज भएको फाईनल खेलमा आयाेजक मुङ्ग्रे युनाईटेड युवा क्लवलाई पराजित गर्दै बागमती युवा क्ललले उपाधी जितेकाे हाे । बागमती युवा क्ललले मुङ्ग्रे युनाईटेड युवा क्लवलाई पेनाल्टी सुटआउटमा ४-३ गाेलअन्तरले पराजित गरेकाे हाे ।
निर्धारित समयमा दुवै टिमबाट गाेल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट विजेता र उपविजेताकाे छिनोफानो गरिएको हाे । जितसँगै बागमती युवा क्ललले नगद ३ लाख रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार हात पारेकाे छ ।
उपविजेतामा चित्त बुझाएको मुङ्ग्रे युनाईटेड युवा क्लवले नगद १ लाख ५० हजार रूपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र पुरस्कार पाएकाे छ । विजेता र उपविजेतालाई मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान र उपाध्यक्ष विमला माझीले पुरस्कार वितरण गर्नुभएकाे छ ।
सर्बोत्कृष्ट खेलाडीले नगद १० हजार, उच्चगोल गर्ने खेलाडी ५ हजार, र स्थानिय उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाएका मुङ्ग्रे युनाईटेड युवा क्लबका अध्यक्ष ज्ञान बहादुर मुक्तानले बताउनुभयो । प्रतियोगिता संचालनकाे लागि मरिण गाउँपालिकाले मुख्य प्रायाेजन गरेकाे थियो ।