
सिन्धुली, २७ चैत । पत्रकार सुरेश रजकको सम्झनामा सिन्धुलीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीको आयोजनामा भएको श्रद्धाञ्जली सभामा उपस्थित पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् । गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो ।
दीप प्रज्वलन पछि बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष बिमला पाण्डे, जिल्ला समिति सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले सरकारले निष्पक्ष छानविन गरेर घटनाको सत्य,तथ्य बाहिर ल्याउनुपर्ने माग गर्नुभयो । उहाँहरुले पत्रकार र सञ्चार क्षेत्रको सुरक्षामा सरकार गम्भिर हुनुपर्ने बताउनुभयो ।