सिन्धुली, २१ मंसिर । प्रेस सेन्टर नेपालको तर्फबाट सिन्धुलीका ईन्चार्ज मीन कुमार दाहालले नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । आगामी मंसिर २८ गते हुने चुनावमा नेपाल पत्रकार महासंघको बागमती प्रदेश भुगोलबाट केन्द्रिय सदस्य पदमा दाहालले उम्मेदवारी दिनुभएको हो । दाहाल प्रेस सेन्टर नेपाल सिन्धुलीका पुर्व अध्यक्ष, हाल केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला ईन्चार्ज हुनुहुन्छ । दाहालसँग दुइ दशक भन्दाबढी समय पत्रकारीतामा काम गरेको अनुभव छ । सिन्धुली जिल्लाको अग्रज एवम् क्रियाशिल पत्रकारको अग्रस्थानमा पर्ने दाहाललाई बागमति प्रदेशको (उपत्यका बाहेक) दश जिल्लाका पत्रकार महासंघमा सदस्यता रहेका पत्रकारहरूले मतदान गर्न सक्नेछन् । श्रमजीवि पत्रकारको हक अधिकार रक्षाको लागि निरन्तर खट्ने अठोटका साथ केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको दाहालको भनाई छ ।