सिन्धुली, १५ पुष । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको अध्यक्षमा गुणविक्रम कुँवर विजयी हुनुभएको छ ।
सिन्धुलीमाढीमा भएको १४ औँ अधिवेशनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा २ सय ३२ मत ल्याएर कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम प्रतिस्पर्धी रमन कुमार फुयाल(रमेश)ले १ सय ६२ मत मात्रै प्राप्त गर्नुभएको छ । अध्यक्ष पदका लागि तृपक्षी प्रतिस्पर्धा भएको थियो ।
अध्यक्षका अर्का प्रतिस्पर्धी चेत प्रसाद तिमल्सिनाले १ सय ६१ मत पाउनुभएको छ । निर्वाचनबाट महिला उपाध्यक्षमा ३ सय ६७ मत ल्याएर मेनुका कुमारी काफ्ले(कार्की) विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी मिना कुमारी आचार्यले १ सय ६० मत ल्याउनुभएको छ । खुल्ला उपाध्यक्षमा २ सय ८९ मत सहित टेक बहादुर थापा मगर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नारायण प्रसाद नेपालले २ सय ३७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । सचिवमा भारी मत सहित बिजय तामाङ विजयी हुनुभएको छ । उहाँले ४ सय ५४ मत ल्याएर निर्वाचित हुदाँ निकटतम प्रतिस्पर्धी सारदा ढुङ्गेलले ९७ मत मात्रै प्राप्त गर्नुभएको छ ।
कोषाध्यक्षमा ३ सय १५ मत सहित नेत्रहरी दुलाल निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा २ सय ६६ मत ल्याएर अभिलाषा कोइराला, ३ सय ८० मत ल्याएर डा. हरि प्रसाद पोखरेल, २ सय ६१ मत ल्याएर रमेश कार्की, २ सय ७२ मत ल्याएर राम कुमार थापा निर्वाचित हुनुभएको निर्वाचत समितिले जनाएको छ ।
लेखा समितिमा छविरमण पौडेल २ सय ६१ मत ल्याएर निर्वाचित हुनुभएको छ ।