नेपाल बुद्धिजीवी संगठन कमलामाई नगर कमिटीको अध्यक्षमा श्रेष्ठ चयन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १२ माघ । नेपाल बुद्धिजीवी संगठन कमलामाई नगर कमिटीको दोस्रो सम्मेलन आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

नेकपा(माओवादी केन्द्र) सिन्धुलीको पार्टी कार्यालयमा भएको सम्मेलनले नयाँ कमिटी गठन गरेको छ । सम्मेलनबाट सरोज श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय संगठनको नयाँ कार्य समिति गठन गरिएको हो ।

संगठनको उपाध्यक्षहरुमा सूर्य प्रसाद फ्ुयाल, राम प्रसाद दाहाल, गिता अधिकारी, सचिवमा बालचन्द्र दाहाल, सहसचिवमा सन्दिप केसी र कोषाध्यक्षमा राज कुमार माझी लगाएत अरु सदस्यमा चयन हुनुभएको छ ।

संगठनका निवर्तमान अध्यक्ष गणेश थापा मगरको अध्यक्षतामा भएको सम्मेलनमा माओवादी केन्द्र सिन्धुलीका इनचार्ज बुद्धिमान माझीको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज माझीले विगतमा गुटबन्दीले गर्दा पार्टी टुटफुट भएको तितो यर्थात रहेका भन्दै कसैले पनि गुटबन्दी नगरी सिन्धुलीमा पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जनले नेपाल बुद्धिजीवी संगठनको अरु पालिका कमिटिहरुको सम्मेलन सशक्त रुपमा सम्पन्न गर्न पार्टी कमिटिले भुमिका खेल्ने बताउनुभयो ।

गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्धा लिएर आगामी निर्वाचन केन्द्रित अभियानमा पार्टीको गतिविधि अगाडी बढाउनुपर्ने बताउनुभयो ।

सम्मेलनमा माओवादी केन्द्र कमलामाई नगरकमिटि इन्चार्ज यम कुमार देवकोटा, अध्यक्ष शेर बहादुर कार्की लगाएत पार्टीको विभिन्न तह र कमिटिका नेताहरु, शिक्षक, बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?