नेपालीको अध्यक्षतामा प्रेस सेन्टर नेपाल सिन्धुलीको नयाँ कार्यसमिति गठन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २७ पुष । प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनले संगठनको नयाँ कार्य समिति गठन गरेको छ ।

अधिवेशनबाट सर्वसम्मत बुद्ध नेपालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो । अध्यक्ष नेपाली नेपाल समाचार पत्र दैनिक पत्रिकाको सिन्धुली जिल्ला संवाद दातामा कार्यरत रहेका छन् ।

कार्यसमितिको उपाध्यक्षहरुमा संगिता डिम्दोङ, प्रतिमा विसी, सचिवमा मनोज दाहाल, सहसचिवहरुमा महेश ठटाल, बिर्ख बहादुर वाईबा र कोषाध्यक्षमा विशाल सतशंकर चयन भएका छन् ।

सदस्यहरुमा आस्था विक, उर्मिला दियाली, मोतीलाल गोले, कविराज तामाङ, पवित्रा कुमारी श्रेष्ठ र जिवन दर्लामी चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले विकसित भएका नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै स्वच्छ र स्वतन्त्र पत्रकारीता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले देशको विकासमा पत्रकारहरुले भ्रष्टचार विरुद्ध र सुशासनको पक्षमा आफ्नो कलमहरु चलाउनुपर्ने बताउनुभयो ।

प्रेस सेन्टर नेपाल सिन्धुलीका निवर्तमान अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं सिन्धुलीका इन्चार्च मीन कुमार दाहाल, बागमती प्रदेश कमिटिका महासचिव धु्रव अधिकारी, सचिव धु्रवचन्द्र खड्का, पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष बिमला पाण्डे, पत्रकार महासंघ सिन्धुलीका सचिव नविनबावु अधिकारी, नेपाल प्रेस यूनियन सिन्धुलीका सभापति बरुण लामिछाने, प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष विनय दाहाल, फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्