नेकपा (माओवादी केन्द्र) मरिणद्वारा ३ महिने टोजा अभियानको प्रारम्भ

सिन्धुली प्रेस
  • ख-
  • ख+

फागुन १÷मरिण । जनयुद्धको २९ औं वार्षिकोत्सव, फागुन १ गतेको अवसर पारेर नेकपा (माओवादी केन्द्र) मरिणले ३ महिने टोजा (टोल जागरण) अभियानको प्रारम्भ गरेको छ । दिवसको अवसरमा माओवादी केन्द्र मारिण गाउँ समितिले एक समारोहको आयोजना गरी टोजा अभियान प्रारम्भ भएको घोषणा गरेको हो ।

टोजा अभियानको उद्घाटन गर्नुहुदै नेकपा (माओवादी केन्द्र) वागमति प्रदेश कमिटिका सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य माननीय मातृका प्रसाद भट्टराईले उत्पीडन र अन्यायमा परेका वर्ग, समुदायले फागुन १ गतेलाई माया गर्ने गरेको र लुटेर राज गर्नेहरुले यो दिनलाई अपराधीकरण गर्न प्रयास गरेको बताउनु भयो । उहाँले फागुन १ गते प्रारम्भ भएको जनयुद्धले सदियौदेखि सामाजिक रुपमा उत्पीडनमा परेको दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुश्लिम, किसान–मजदुरलाई निति निर्माणको तहमा पुग्न जागरण ल्याएकोले समानुपातिक तथा समाबेशी सिद्धान्तको आधारमा नीति प्रणाली बनेको दावी गर्नु भयो ।
जनयुद्ध सुभारम्भ भएको फागुन १ गतेको दिनबाट माओवादी केन्द्र मरिणले सञ्चालन गरिने ३ महिने टोजा अभियानले तिनै उत्पीडित उपेक्षित वर्ग समुदायमा पुगेर माओवादी आन्दोलनले ल्याएको उपलब्धी रक्षा गर्न प्रोत्सान गर्ने विश्वास उहाँले राख्नु भयो ।

मरिण गाउँ पालिकामा नेकपा (माओवादी केन्द्र)ले टोल–टोलमा पुगेर माओवादी आन्दोलनबाट सामाजिक, साँस्कृतिक र राजनीतिक रुपमा भएको परिवर्तन बारे प्रशिक्षित गर्न टोजा अभियान सञ्चालनमा ल्याएको नेकपा माओवादी केन्द्र मरिणका अध्यक्ष काजीमान थिङ जानकारी दिनुभयो । टोजा अभियानको लागि मरिणबाट पार्टीको केन्द्र, प्रदेश, जिल्ला, गाउँ समितिका पदाधिकारी, सदस्य तथा जनवर्गिय संगठन र जातीय मोर्चाहरुको विभिन्न जिम्मेवारी रहेका नेता कार्यकर्ताहरु कार्यविभाजन समेत गरेको पार्टी अध्यक्ष थिङले बताउनु भयो ।

अध्यक्ष काजीमान थिङको अध्यक्षतामा भएको टोजा अभियान उद्घाटन समारोहमा जनयुद्ध र उपलब्धीको बारेमा माओवादी केन्द्र वागमति प्रदेश कमिटिका सदस्य एवम् मरिणका इन्चार्ज पदम अस्थानी (शरण), प्रदेश कमिटि सदस्य एवम् मरिण गाउँ पालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात), परिषद सदस्य हस्त बराईली, जिल्ला समन्वय सदस्य अजय गिरी लगायतले मन्तव्य राख्नुभयो ।
कार्यक्रममा जनयुुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी) मरिणद्वारा आयोजित अन्तर माध्यमिक विद्यालय खुल्ला हाजिरी जवाफ प्रतियोगितामा सहभागि विद्यालय तथा विजेता समूहलाई पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्