नांगेडाँडा वृहत पम्पिङ खानेपानी आयोजनाको उद्घाटन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १८ बैशाख । सुनकोशी गाउँपालिकाकाकै गौरवको आयोजनामा पर्ने वृहत नांगेडाँडा पम्पिङ खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ ।

संघिय सरकारको खानेपानी मन्त्री प्रदिप यादवले सुनकोशी गाउँपालिका ५ मुल्कोटमा आयोजित एक कार्यक्रममा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले सबै नागरिकलाई स्वच्छ, शुद्ध पिउने पानी उपलब्ध गराउने मुख्य दायित्व पुरा गर्न मन्त्रालय गम्भिर भएर लागेको बताउनुभयो ।

उहाँले सुनकोशी गाउँपालिकाको सबै वडाहरुका नागरिकको घरमा खानेपानी पु¥र्याउन आगामी बर्ष थप बजेट व्यवस्थापन गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले धेरै महेनतले नांगेडाँडा वृहत पम्पिङ खानेपानी आयोजना संचालन गरिएको बताउनुभयो । उहाँले जिल्लाका धेरै ठाउँमा ठुला खानेपानी आयोजना बनाउनुपर्ने आवश्यकता रहेको बताउदै बजेट व्यवस्थापन गरी दिन खानेपानी मन्त्री यादवसँग माग गर्नुभयो ।

सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले एक घर एक धारा अभियान अनुसार सबैको घरमा खानेपानी पु¥र्याउन अन्य आयोजनाहरुका लागि मन्त्रीसँग बजेट माग गर्नुभयो ।

करिब ३४ करोड २४ लाख पैसामा लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट सुनकोशी गाउँपालिकाको वडा नम्बर ५ र ६ का झन्डै तीन हजार स्थानीय लाभान्वित भएका छन् ।

आयोजना निर्माणको ठेक्का मृतसन्जीवनी निर्माण सेवाले लिएर दोस्रो कम्पनी एन.एन. के निर्माण सेवा मन्थली, रामेछापलाई पेटी ठेक्कामा काम गर्न दिएको थियो ।

सुनकोशी नदी किनारमा रहेको इनारबाट बिजुली लिफ्ट प्रविधिबाट गाउँमा पानी वितरण गरिएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ५ को लागि मुल्कोट र वडा नम्बर ६ को लागि खाल्टेमा ईनार र ट्याङ्की बनाईएको छ ।

करोडौ लागतको खानेपानी आयोजना निर्माण भएपछि स्थानिय हर्षित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्