दुर्गमका गर्भवती र सुत्केरी महिलाहरुलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ३१ भदौं । सिन्धुलीको मरिण गाउँपालिकाले दुर्गम भेगका गर्भवती र सुत्केरी महिलाहरुलाई् निःशुल्क भिडियो एक्सरे सेवा दिने भएको छ ।

गाउँपालिकाले आईतवार सुचना निकालेर दुर्गम क्षेत्रका गाउँमै गएर गर्भवती र सुत्केरी महिलाहरुले नियमित गर्नुपर्ने भिडियो एक्सरे सेवा निःशुल्क दिने जनाएको हो ।

गर्भवती महिलाहरुले पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्नको लागि गर्भ बसेदेखि बच्चा जन्माउनु अघि सम्म चार पटक नियमित भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । तर दुर्गम क्षेत्रका गर्भवतीहरुले विभिन्न कारणले स्वास्थ्य संस्था सम्म आएर भिडियो एक्सरे गर्न नसक्ने भएकाले गाउँमै गएर भिडियो एक्सरे गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक बर्षमा घुम्ती शिविर मार्फत चार पटक दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाहरुको निःशुल्क भिडियो एक्सरे गरिने गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर एकको लागि सामुदायिक स्वास्थ्य ईकाई कार्तिकेमा पहिलो पटक आगामी असोज १५ गते, दोस्रो पटक मंसिर १२ गते, तेस्रो पटक फागुन १८ गते र चौथो पटक २०८२ को जेठ १९ गते भिडियो एक्सरे सेवा दिईने मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले जानकारी दिनुभयो ।

वडा नम्बर दुइको लागि आधारभुत स्वास्थ्य केन्द्र रातमाटामा पहिलो पटक आगामी असोज १३ गते, दोस्रो पटक मंसिर १३ गते, तेस्रो पटक फागुन २० गते र चौथो पटक २०८२ को जेठ २१ गते भिडियो एक्सरे सेवा दिईने प्रमुख प्रशासकिय अधिकृत दर्जीले जानकारी दिनुभयो ।

वडा नम्बर तीनको लागि सामुदायिक स्वास्थ्य ईकाई बरुणमा पहिलो पटक आगामी असोज १६ गते, दोस्रो पटक मंसिर १४ गते, तेस्रो पटक फागुन २१ गते र चौथो पटक २०८२ को जेठ २२ गते भिडियो एक्सरे सेवा दिईने छ ।

वडा नम्बर चारका गर्भवतीका लागि आधारभुत स्वास्थ्य खयरसालमा पहिलो पटक आगामी असोज १४ गते, दोस्रो पटक मंसिर १६ गते, तेस्रो पटक फागुन २२ गते र चौथो पटक २०८२ को जेठ २३ गते भिडियो एक्सरे सेवा दिईने छ ।

वडा नम्बर सातका गर्भवतीका लागि आधारभुत स्वास्थ्य केन्द्र जयमंगलमा पहिलो पटक आगामी असोज २० गते, दोस्रो पटक मंसिर १७ गते, तेस्रो पटक फागुन २३ गते र चौथो पटक २०८२ को जेठ २५ गते भिडियो एक्सरे सेवा दिईने प्रमुख प्रशासकिय अधिकृत दर्जीको भनाई छ ।

नियमित भिडियो एक्सरे गर्दा बच्चा कस्तो अवस्थामा रहेको छ भन्ने थाहा हुने भएकाले सुत्केरी हुदाँ बच्चा र आमालाई कम जोखिम हुन्छ ।

चेतनाको कमीले गर्दा दुर्गमका थोरै मात्र गर्भवती र सुत्केरी महिलाहरुले स्वास्थ्य संस्था गएर भिडियो एक्सरे गर्ने भएकाले गाउँमै गएर निःशुल्क भिडियो एक्सरे गर्ने कार्यक्रम ल्याएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले बताउनुभयो ।

मरिण गाउँपालिकाले गर्भवती महिलाहरुलाई सुत्केरी हुन घरबाट अस्पताल सम्म जान निःशुल्क एम्बुलेन्स दिदैआएको छ भने छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप ५ हजार नगद उपहार समेत दिदैआएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्