दुधौलीमा मोटरसाइकल र ईभी गाडी ठोक्किँदा एकको मृत्यु, नौ घाईते

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली चैत २१ गते ।

सिन्धुलीको दुधौली नगरपालिका ४ एकहटियामा मोटरसाइकल र ईभी गाडी ठोक्किँदा एक जनाको मृत्यु नौ जना घाइते भएका छन् ।
बिहिबार बिहान उदयपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र ०३–०१–४४५ नम्बरको ईभी गाडी र डकाहाबाट दुधौलीतर्फ गइरहेको प्र २–००१–प ७०११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुर्घटना भएको हो ।


मोटरसाइकल र ईभी गाडी एकआपसमा ठोक्किँदा मोटरसाईकल चालक तीनपाटन गाउँपालिका १० औलडाँडाका २६ वर्षिय प्रेम राम मगरको मृत्यु भएको छ । उनको नगर अस्पताल, सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।

ईभी गाडीमा सवार उदयपुरको त्रियुगा नगरपालिका ११ की ४३ बर्षीय रुक्मा बस्नेत खड्का, लालपत्ता गाउँपालिका ६ की २९ बर्षीय रोशनी माया तामाङ, त्रियुगा नगरपालिका १० की ७० बर्षीया सकुन्तला बस्नेतका सोहि स्थानकी १६ बर्षीय आकृत खड्का वडा नम्बर ६ की ३५ बर्षीय तारा बि.क., वडा नम्बर ११ की ३७ बर्षीया बिन्दा कटुवाल, ७ बर्षीय सिजु राउत, रौतामाई गाउँपालिका २ का १७ बर्षीय योन्जन खड्का र दुधौली नगरपालिका ८ की ४८ बर्षीय चुडा कुमारी मिश्र घाईते भएका छन् ।

ईभी गाडी चालक उदयपुर त्रियुगा नगरपालिका ६ बस्ने ३८ वर्षीय विरेन्द्र कुमरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?