
तामाङ समुदायको मुख्य पर्व ल्होछारको अवसरमा सिन्धुलीका तीन पालिकाले सार्वजनिक विदा दिएका छन् ।
तामाङ समुदायको मुख्य पर्व ल्होछारको २८६१ औँ सोनाम ल्होछारको अवसरमा जिल्लाको कमलामाई नगरपालिकाले सुनकोशी र गोलन्जोर गाउँपालिकाले एक दिन माघ १८ गते सार्वजनिक विदा दिएका हुन् ।
कमलामाई नगरपालिकाले आज सुचना निकालेर माघ १८ गते नगरपालिकाको कार्यालय, मातहतका कार्यालयहरु र शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

सुनकोशी गाउँपालिकाले हिजो आईतार सुचना निकालेर गाउँपालिकामा तामाङ समुदायको बाहुल्य बसोबास रहेकाले माघ ९ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार माघ १८ गते स्थानीय विदा दिईएको जनाएको छ ।
हरिहरपुरगढी गाउँपालिकाले आज सुचना निकालेर माघ ९ गते बसेको गाउँकार्यपालिका बैठकको निर्णय अनुसार माघ १८ गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, शिक्षक संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु र अन्य सार्वजनिक संघसंस्थामा विदा दिईएको जनाएको छ ।
तामाङ समुदायहरुले नयाँ बर्षको रुपमा सोनाम ल्होछारलाई भव्य रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।