जिल्ला स्तरीय ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १९ असोज । सिन्धुलीमाढीमा आज (शुक्रवार) देखि जिल्ला स्तरीय ब्याटमिन्टन खेल प्रतियोगिता सुरू भएको छ ।

दशै तिहारको उपलक्ष्यमा जिल्ला ब्याटमिन्टन संघ सिन्धुलीको आयोजना सुरू भएको प्रतियोगिता बागमती प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जनले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा जिल्ला स्तरिय ए, जिल्ला स्तरिय बि, भेट्रान्स डबल र स्थानिय तह गरि ४ ईभेन्टमा प्रतिस्पर्धा हुने जिल्ला ब्याटमिन्टन सघ सिन्धुलीका अध्यक्ष दिपेन्द्रध्वज बस्नेतले बताउनुभयो ।

आज र भोलि गरी दुई दिन सम्म सन्चाल हुने खेलमा ८० टिमका १६० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकको भनाई छ ।

प्रतियोगितामा पहिलो हुने टिमले २० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल, प्रमाण पत्र, दोस्रो हुने खेलाडी टिमले १५ हजार नगद पुरस्कार सहित सिल्ड, मेडल, प्रमाणपत्र र तेस्रो हुने खेलाडी टिमले १० हजार नगद पुरस्कार सहित सिल्ड, मेडल, प्रमाण पत्र हात पार्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।

जिल्लाका ब्याडमिन्टन खेल खेल्ने खेलाडीहरुको क्षमता विकास गर्न, नयाँ खेलाडीहरु उत्पादन गर्न र नजिकिदै गएको चाडपर्वमा रमाईलो साटासाट गर्न प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रतियोगितामा जिल्लाका नौ वटै पालिकाका ब्याडमिन्टन खेल खेल्ने खेलाडीहरुको पनि सहभागीता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्