
सिन्धुली, १ फाल्गुन । नेकपा (माओवादी केन्द्र) तीनपाटन गाउँकमिटि सिन्धुलीले सहिदका परिवारहरुलाई सम्मान गरेर ३० औँ जनयुद्ध दिवस मनाएको छ ।

तीनपाटन गाउँकमिटिका अध्यक्ष दिनेश रमौलीको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेलको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच जनयुद्धका क्रममा साहादत भएका १६ जना सहिदहरुको परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
पार्टी कमिटिले सहिद परिवार बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल सहिद अरु १५ जना सहिद परिवारहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य भुजेलले जनयुद्धलाई संघियताको आत्माको लिनुपर्ने बताउनुभयो ।
उहाँले पार्टीले सिद्धान्त नछाडी देश र जनताको न्यायको पक्षमा काम गरे मात्रै सहिदहरुको उच्च सम्मान हुने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) तीनपाटन गाउँकमिटिका इन्चार्ज जानुका तिमल्सिना, नेताहरु खुसीराज बास्तोला, तोता बोगटी लगाएतको उपस्थिती रहेको थियो ।