
सिन्धुली, १५ भदौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकाको पाँच वटै वडामा बैठक, सरसफाई र काठको पुल बनाएर जनतासँग माओवादी विशेष रूपान्तर अभियान सुरु गरिएको छ ।
घ्याङलेख गाउँपालिका वडा नम्बर १,२ र ३ मा वडास्तरीय कमिटिहरुको विस्तारित बैठक बसी पार्टीलाई जनतासँग जोड्ने उपायहरुको बारेमा छलफल भएको माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य एवं घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलानले जानकारी दिनुभयो ।
वडा नम्बर ४ मा बिस्तारित बैठकसँगै गोपे जाने ग्रामीण सडक मर्मत तथा सरसफाई गरिएको उपाध्यक्ष घलानले बताउनुभयो ।

वडा नं. ५ को रामपुर स्वास्थ्य चौकीबाट चैनयपुर गाउँ जानेको लागि खानी खोलामा मानिस हिड्न मिल्ने काठको पुल बनाईएको उपाध्यक्ष घलानले बताउनुभयो ।

घ्याङलेख गाउँपालिका वडा नं. १ मा बागमती प्रदेश कमिटि सदस्यहरु शंकरमान घलान, बाबुराम राई, वडा नं. २ मा इन्दिरा काफ्ले, शिक्षक नेता बिजय कुमार थिङ, वडा अध्यक्ष रोसन भोलन, वडा नं. ३ मा छविलाल श्रेष्ठ, मोतिलाल थिङ, वडा नं. ४ मा कारसाङ लामा र वडा नं. ५ मा चक्र पाख्रिन, ज्ञान बहादुर सिन्जाली मगर, पवन विकले जनतासँग माओवादी विशेष रूपान्तर अभियानको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।