सिन्धुली, २४ पुष । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा आज मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर संघ घ्याङ्लेख कार्य समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल मगर संघ घ्याङ्लेख कार्य समितिका अध्यक्ष देवराज सिजालीको अध्यक्षता, नेपाल मगर संघ सिन्धुलीका अध्यक्ष चुल बहादुर पुलामीको प्रमुख आतिथ्यता, घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन र उपाध्यक्ष शंकरमान घलानको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थानिय मगर कलाकार र सिन्धुली कलाकारका कलाकारहरुले नृत्य लगाएतका विभिन्न साँस्कृतिक प्रस्तुती दिएका थिए ।
कार्यक्रममा घ्याङलेखका मगर समुदाय लगायत तामाङ, नेवार, क्षेत्री समुदायबका झन्डै ७ सय भन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ ।