घ्याङलेख गाउँपालिकाले एक वडा अध्यक्ष सहित ५ जना शिक्षककाे तलब तीन दिन राेक्का गरेर दियाे

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १६ असाेज । घ्याङलेख गाउँपालिकाले एक वडा अध्यक्ष र पाँच जना शिक्षकहरूकाे तलब राेक्का गरेकाे छ ।

सरकारी तलब भत्ता खाएर आफ्नो बालबच्चालाई भने सरकारी विद्यालय छाडेर निजी विद्यालयमा पढाएकाे भन्दै गाउँपालिकाले  वडा नम्बर ३ का वडाअध्यक्ष निश्चल सुनुवार सहित ५ जना शिक्षकहरूकाे तलब राेक्का गरेर झन्डै एक हप्ता पछि आज दिएको छ।

गएकाे असाेज १० गते गाउँपालिका अध्यक्ष जगत बहादुर भाेलनले प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेललाई पत्र लेखेर गाउँपालिकाकाे नीति विपरीत आफ्नो बालबच्चालाई निजि विद्यालयमा पढाएकाले तलब नदिन निर्देशन दिनुभएको थियो ।

गाउँपालिकाले वडा अध्यक्ष सुनुवार सहित शिक्षकहरू शुशिला काेईराला, गाेमा गन्द्रुमा मगर,नविनसरी राई, राज कुमार लाे र पशुपति सुनुवारकाे तलब अरूलाई भन्दा तीन दिन पछि मात्रै दिएकाे शिक्षकहरूले बताएका छन् ।

घ्याङलेख गाउँपालिकाले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो बालबच्चा अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम ल्याएकाे थियाे । तर उच्च अदालतमा मुद्दा परेपछि तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि त्याे नीति तथा कार्यक्रम लागू भएकाे छैन ।

अदालतले आदेश दिदादिदै गाउँपालिका अध्यक्ष भाेलनले प्रतिशाेध साधेर तलब राेक्का गर्न निर्देशन दिएकाे र पछि विवाद बढ्न थालेपछि तीन दिन पछि तलब दिएकाे एक शिक्षकले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?