घ्याङलेख गाउँपालिकाको आ.व. २०८२÷०८३ को लागि ४४ करोड बढी बजेट विनियोजन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १० असार । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷०८३ को निति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

आज भएको गाउँसभाको १७ औँ अधिवेशनमा घ्यालेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, कृषि, पुर्वाधार विकास लगाएतका क्षेत्रमा बढी प्राथमिकता दिदै निति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले आगामी बर्षको लागि ४४ करोड २६ लाख ५० हजार ७९४ रुपैयाँ विनियोजन गरेको छ ।

गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष घलानले चालु तर्फ २९ करोड १५ लाख २२ हजार ७ सय ९४ रुपैयाँ अर्थात ६५ दशमलब ८ प्रतिशत र पुजीगत १५ करोड ११ लाख २८ हजार अर्थात ३४ दशमलब २ प्रतिशत बजेट विनियोजन गरिएको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, खानेपानी,सरसफाई, पर्यटन, कृषि, गुणस्तरीय भौतिक पुर्वाधार र डिजिटल सेवा प्रवाह एवं सुशासन लगाएतका क्षेत्रलाई प्राथमिकता दिएर बजेट तयार गरिएको उपाध्यक्ष घलानले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्