घ्याङलेख गाउँपालिका वडा नं. ५ को माटोखानी दलित बस्ती र माटोखानी स्कुल जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
घ्याङलेख गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको कुल ७५ लाख लागतमा निर्माण सम्पन्न भएको पुलको हिजो एक कार्यक्रमका बिच घ्याङलेख गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले उद्घाटन गर्नुभएको हो ।
झोलुङ्गे पुल बनेसँगै वडा नं. ५ का स्थानियलाई बाह्रै महिना पखुरे, जुगेपानी हुदै मंगलटार कालढुगाा विपी राजमार्ग सम्म पुग्न सहज भएको छ ।
पुल उद्घाटन कार्यक्रममा घ्याङलेख गाउँपालिका वडा नं. ५ वडाअध्यक्ष ज्ञान बहादुर सिजाली, निवर्तमान वडाअध्यक्ष बिष्णु बहादुर कर्मचार्य, उपभोक्ता समितिका पदाधिकारी, स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।