गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीका लागि स्वास्थ्य शिविर सञ्चालन

सिन्धुली प्रेस
  • ख-
  • ख+

रसुवा- रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीहरुका लागि लक्षित गरि सोमबारबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

तीर्थयात्रीहरु उच्च स्थानमा पुग्दा लेक लाग्ने र स्वास्थ्य अवस्था गम्भीर हुन थालेपछि यस बर्षबाट धुन्चे शिबिरबाटै चौबिस घन्टा अगाडि खाईने औषधि प्रयोग गर्न लगाईएको रसुवा अस्पतालका डाक्टर अमित कुमार शाहले बताउनुभयो ।

गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीहरुका लागि लक्षित गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार आकस्मिक रूपको प्राथमिक उपचार सेवाका लागि धुन्चेमा रसुवा अस्पाताल तथा आयुर्वेद, गोसाइँकुण्डमा हिमालय उद्वार संघ, चोलाङपाटीमा नेपाली सेना र लौरिबिनामा गोसाइँकुण्ड गाँउपालिका स्वास्थ्य शाखाले स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्न थालिसकेको छ ।

यात्रुलाई लेक लाग्ने समस्या देखिएमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस तथा नेपाल स्काउट लगायतले तुरून्तै उद्वार गरी होचो भू–भागमा पुर्‍याउने व्यवस्था समेत मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताउनुभयो ।

समुन्द्री सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक गोसाइँकुण्ड धाममा स्नान र पूजाआजाका लागि करिब १५ हजार भक्तजनहरु जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड पुग्ने गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्