गाई काटेर मारेको आरोपमा पक्राउ परेका दुई जनालाइ प्रहरीले छाड्यो ।

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली्
सिन्धुली, ३ पुष । गाई काटेर मारेको भन्ने आरोपमा एक हप्ता अघि पक्राउ परेका दुई जनालाई आज प्रहरीले छाड्ेको छ । गएको मंसिर २६ गते पक्राउ परेका मरिण गाउँपालिका वडा नम्बर ५ का ऐमान सिङ गोले र नक्दले गोलेलाई एक हप्ता थुनामा राखेर आज हाजिर जमानीमा छाडिएको हो ।

अनुसन्धानको क्रममा पक्राउ परेका दुई जनाले जिउँदो गाई काटेको नभई मरेको गाई काटेको हो भन्ने खुलेकाले निज व्यक्तिहरुलाई आवश्यक परेको बेला हाजिर हुने गरी जमानीमा छाडिको प्रहरीले जनाएको छ ।

स्थानिय संगिता माझीको मरेको गाई काटेर घर लैजान लागेको बेला ईलाका प्रहरी कार्यालय कपिलाकोटले उनीहरुलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा आवश्यक परेका बेला उपस्थित गराउने गरी नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ र मरिण गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपक माझीको रोहवरमा मरिण गाउँपालिका वडा नम्बर ३ का पाल्साङ बम्जनलाई दुवै जना जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

झुठो अभियोग लगाएर निदोर्ष व्यक्तिहरु पक्राउ गरेको भन्दै नेपाल तामाङ घेदुङ सिन्धुलीले तत्काल छाड्न जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्