गणतन्त्र दिवसकाे अवसरमा सुनकोशी गाउँपालिकामा वृक्षारोपण

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली
रामटार, १५ जेठ ।
सिन्धुलीको सुनकोशी गाउँपालिकामा आज वृक्षारोपण गरेर गणतन्त्र दिवस मनाईएकाे छ । गाउँपालिका परिसरमा गुलमाेर,जाकारन्डा, अशोक लगाएतका फुलहरूकाे बिरुवा राेपेर गणतन्त्र दिवस मनाईएकाे हाे ।

सुनकाेशी गाउँपालिका अध्यक्ष दिपा बाेहाेरा दाहाल, उपाध्यक्ष कपिल कुमार काेईराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, विभिन्न वडाका वडाअध्यक्ष लगाएतका जनप्रतिनिधि र कर्मचारीहरूले बिरुवा राेप्नुभएकाे छ ।

वातावरणलाई स्वच्छ, हरियालीसँगै साैन्दर्य बनाउन गाउँपालिकाकाे कार्यालय अगाडिको परिसरमा बिरुवा राेपिएकाे सुनकाेशी गाउँपालिका अध्यक्ष दिपा बाेहाेरा दाहालले बताउनुभयो । ग

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्