कला घर सिन्धुलीको आयोजनामा राष्ट्रिय कला महोत्सव हुने

सिन्धुली प्रेस
  • ख-
  • ख+

कविराज तामाङ
सिन्धुली, १ चैत ।
सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा चैत्र २८ गते देखि बैशाख ३ गते सम्म राष्ट्रिय कला महोत्सव हुने भएको छ । कला घर निर्माणको महाअभियानमा हातेमालोसँगै मौलिक कला संस्कृतिको प्रवद्र्धन तथा कला घरको प्रचारप्रसारगर्ने उद्देश्यले कला घर सिन्धुलीको आयोजनमा राष्ट्रिय कला महोत्सव हुन लागेको हो । कला घर सिन्धुलीले सिन्धुलीमाढीमा आज पत्रकार भेटघाट कार्यक्रम गरेर “नमुना कला संग्रहालय सिन्धुली कलाघर धुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔँ”भन्ने नाराका साथ राष्ट्रिय कला महोत्सव आयोजना गरिएको जनाएको हो ।

महोत्सवमा १० भन्दा बढी जातजातिहरुको झाँकी प्रदर्शन, नेपाली मौलिक परम्परा झल्काउने घरहरूको नमुना, मौलिक खानेकुराहरुको परिकारको प्रदर्शन, दर्शक स्वयम् सहभागिता हुने मौलिक तथा प्रतियोगिता मनोरञ्जनका खेलहरु, हस्तकला, चित्रकला, मूर्तिकला लगायतका कलाहरूको प्रदर्शन तथा व्यापार हुने कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले बताउनुभयो ।

महोत्सवमा विद्यार्थीहरुबाट निर्मित विज्ञान तथा कलाको प्रदर्शन, विद्यालय स्तरिय नृत्य, गायन तथा चित्रकला प्रतियोगिता, मार्सलआर्ट, स्थानिय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री र कला दान अभियान सञ्चालन गरिने अध्यक्ष्य मगरले बताउनुभयो । महोत्सव सफल बनाउन कमलामाई, दुधौली नगरपालिका, मरिण, हरिहरपुरगढी, तीनपाटन, गोलन्जोर, घ्याङ्लेख, फिक्कल र सुनकोशी गाउँपालिकाका मुख्यप्रायोजक तथा सिन्धुली उद्योग वाणिज्य संघ लगायत जिल्लाका व्यापार व्यवसायीहरुको पनि सहयोग रहने अध्यक्ष मगरले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?