
सिन्धुली, ४ फागुन । सिन्धुलीकाे कमलामाई नगरपालिकाले आज शाेक बिदा दिएकाे छ ।
कमलामाई नगरपालिकाका नगरसभा सदस्य वडा नम्बर १ कुण्ड निवासी केशव बहादुर माझीको निधनमा शाेक विदा दिएकाे हाे ।
नगरसभा सदस्य माझीकाे आज विहान निधन भएकाे हाे । स्वर्गीय माझीको निधनमा शाेक मनाउन नगर प्रमुख उपेन्द्र कुमार पाेखरेलकाे आदेश अनुसार आज एक दिन कमलामाई नगरपालिका तथा मातहतका कार्यालयहरू एवं शैक्षिक संस्थाहरू सबै बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकालले सुचना जारी गरि जानकारी गर्नुभएको छ ।
नगरपालिकाले समवेदना प्रकट गरि स्वार्गीय माझीको दिवंगत आत्माकाे चीर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारजनमा शाेकलाई समन गर्न सक्ने शक्ति मिलाेस भन्ने प्रार्थना समेत गरेकाे छ ।