सिन्धुली, १३ चैत । सिन्धुलीको कमलामाई नगरपालिकाको २८ औँ स्थापना दिवसको अवसरमा आज सार्वजनिक स्थलहरुमा सरसफाई गरिएको छ । नगरपालिकाका जनप्रनितिनिधि र कर्मचारीहरुले खुल्लामन्च, अस्पताल रोड, स्टलबजार क्षेत्रमा सरसफाई गरेका हुन् ।
नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिृकत विनोद भट्टराई सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थितीमा खुल्लामन्च, अस्पताल रोड, स्टलबजार क्षेत्रमा रहेका प्लाष्टिक, सिसा र अन्य फोहोरहरु टिपेर सरसफाई गरिएको हो ।
मेयर वाईट
नगरपालिकाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । स्थापना दिवसको अवसरमा ब्याडमिन्टन खेल, सरसफाई, भलिबल, चम्चा दौड, म्युजिकल चियर, विंगो खेल, हाडी फुटाउने खेल लगाएतका गतिविधिहरु संचालन हुने नगरपालिकाले जनाएको छ ।
सागर ढकाल
वि.सं. २०५३ चैत्र १४ गते स्थापना भएको कमलामाई नगरपालिकाले भोली एक समारोहका बिच २८ औँ स्थापना दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।