कपिलाकोट माविका विद्यार्थीहरुलाई योग अभ्यास एवं प्रशिक्षण

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २७ मंसिर । सिन्धुलीको मरिण गाउँपालिका ७ महेश्वतामा रहेको कपिलाकोट माध्यमिक विद्यालयमा तीन दिने योग अभ्यास एवं प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

आज मरिण गाउँपालिका अधयक्ष विमर्श मुक्तानले योग अभ्यास एवं प्रक्षिक्षणको उद्घाटन गर्नुभएको हो । विद्यार्थीहरुलाई पढाइसँगै अतिरिक्त समयमा योग, ध्यान र जिवनभर उपयोगी आध्यात्मिक ज्ञानगुनका कुराहरु सिकाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कपिलाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृत घिसिङले जानकारी दिनुभयो ।

विद्यालयका ६ देखि १२ कक्षा सम्म पढ्ने करिव ८ सय विद्यार्थीहरुलाई तीन समुहमा तीन दिन सम्म योग अभ्यास एवं प्रक्षिक्षण दिईने प्रअ घिसिङले बताउनुभयो ।

जीवन बिज्ञान ( योग ) प्रयोगशालाका वरिष्ठ प्रशिक्षकद्वय अन्जु चुडाल ढुंगेल र बिष्णु बुढाथोकीले विद्याथीहरुलाई योग अभ्यास एवं प्रशिक्षण गराउने छन् । पछिल्लो समय बढ्दो आधुनिकीकरण र व्यस्त जिवनशैलीकाले गर्दा स्वस्थ्य जीवनयापनको लागि योग र ध्यान मानिसको लागि अति जरुरी बन्दै गएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष श्री बिमर्श मुक्तान ( प्रख्यात ), शिक्षा शाखा प्रमुख नवराज बराल, वडाअध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्