साहान,मरिण (सिन्धुली) १५ पुष । पछिल्लो समय युवा पिढिले निक्कै नै रुचाएको लोकप्रिय गायीका एलिना चौहानले शनिवार चौथो मरिण महोत्सवमा आफ्नो साँगीतिक प्रस्तुती दिएकी छिन् । गायीका एलिना चौहानको गित सुन्नका लागि आएका दर्शकको भिडले महोत्सव स्थल भरिभरौँ थियो ।
गायीका चौहानको प्रस्तुती हेर्न शनिवार झन्डै १० हजार दर्शक महोत्सव स्थलमा पुगेका आयोजकले जनाएको छ । तिम्रो मायाले बाधेर राख भन्ने बोलको गित गाएर आफ्नो प्रस्तुती सुरु गरेकी गायीका चौहानले, यो भाग्यमा खोट छ, मिनरल वाटर, गोदावरी वनैमा, के माया लाग्छ र, धोकेवाज हौ तिमी लगाएतका आफ्नो चर्चित आधा दर्जन बढी गित गाएर दर्शकलाई मनोरञ्जन दिईन ।
गायीका एलिनाले आफुँले मात्रै गित गाईनन, महोत्सव हेर्न पुगेका अधिकांश दर्शकले एलिनासँगै गित गाएर र नाचेर साथ दिए । एलिनाको गितमा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, निवर्तमान अध्यक्ष पानीराज बम्जन, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी लगाएतका जनप्रतिनिधि र कर्मचारीहरुले पनि छमछमी नाचेर मनोरञ्जन लिए ।
महोत्सव हेर्न पुगेका युवा युवतीले गायीका एलिनासँगै गित गाउँदा महोत्सव स्थल नै संगितमय भएको थियो । गायीका एलिना चौहानको प्रस्तुती हेर्न महोत्सव स्थलमा छिर्न दर्शकले काटेको टिकटबाट करिव ५ लाख रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोगमा सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाको आयोजनामा चौथो मरिण महोत्सव भईरहेको छ । गएको पुष ६ गते देखि सुरु भएको महोत्सव आगामी पुष १६ गते सम्म संचालन हुनेछ ।
महोत्सवमा चर्चित गायक प्रमोद खरेल, रामजी खाड्, खेम सेन्चुरी, नवराज घोरासैनी, विश्व दोङ, रामकुमार नेपाली, गायीका जितु लोप्चन, सुमिना लो लगाएत एक दर्जन बढी नेपालका चर्चित गायक गायीकाहरुले आफ्नो सांगीतिक प्रस्तुती दिइसकेका छन् । करिब ५५ हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएकोमा नवौँ दिन सम्म आईपुग्दा करिव ४५ हजार दर्शकले अवलोकन गरी सकेको सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाका अध्यक्ष चिनध्वज बम्जनले बताए ।
जेष्ठ नागरिक, एकल महिला र १० बर्षमुनिका बालबालिकाहरुलाई सित्तैमा महोत्सव हेर्न दिएको आयोजकले जनाएको छ । स्थानिय कृषिजन्य उत्पादन र घरेलु उत्पादनको प्रदर्शनको लागि महोत्सवको ७५ वटा स्टल मध्ये १० वटा स्टल निःशुल्क दिइएको अध्यक्ष सन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाका अध्यक्ष बम्जनले बताए । महोत्सवबाट भएको नाफाले सन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाको निर्माणाधिन कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष बम्जनले बताए ।