सिन्धुली, १७ पुष । सिन्धुलीको मरिण गाउँपालिकाका झन्डै ३ सय जना भन्दाबढी विभिन्न पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज देखि सुरु भएको मरिण गाउँकमिटीको दोस्रो अधिवशेनमा एमाले मरिण गाउँ कमिटिको उपाध्यक्ष लिला प्रसाद पन्त सहित झन्डै ३ सय ७ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमाले मरिण गाउँकमिटिको सचिवालय सदस्य राम बहादुर कार्की पनि पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेपाली काग्रेस र राष्ट्रिय जनमोर्चा परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका मरिण गाउँ कमिटिका अध्यक्ष काजीमान थिङले बताउनुभयो ।
अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका उपाध्यक्ष अग्नी प्रसाद सापकोटा, केन्द्रीय सदस्यद्धय बुद्धिमान माझी, लेखनाथ दाहाल(राजन), बागमति प्रदेश कमिटि सहसचिव प्रकास श्रेष्ठ लगाएतका नेताहरुले पार्टीमा प्रवेश गराउनुभएको हो ।