उद्योग वाणिज्य संघकाे हरिहरपुरगढी शाखा गठन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १६ पुस । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सिन्धुली उद्योग वाणिज्य संघकाे शाखा गठन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) काे प्रमुख आतिथ्यतामा आज आयाेजित एक कार्यक्रमका बिच कुल बहादुर भाेलनकाे अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेर सिन्धुली उद्योग बाणिज्य संघ, हरिहरपुरगढी शाखा स्थापना गरिएको हाे ।

उद्योग वाणिज्य संघकाे चाैथाे शाखाकाे रूपमा हरिहरपुरगढी शाखा स्थापना भएकाे छ । शाखाकाे अध्यक्ष चयन भएका भाेलन हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ का निर्वाचित वडाअध्यक्ष हुन् ।

शाखाकाे उपाध्यक्षमा टंक राई, पुष्पराज माेक्तान, सचिवमा सन्तोष आले मगर, सहसचिवमा श्रवण मुक्तान र काेषाध्यक्षमा सुनिल वाईबा लगाएत अन्य सदस्यमा चयन भएका छन् ।

याे तदर्थ समितिले आगामी ६ महिना भित्र प्रथम अधिवेशन गर्दै नयाँ कार्यसमिति चयन गर्नु पर्दछ ।

शाखा गठनसँगै आजै चैनपुरमा कार्यालय समेत उद्घाटन गरिएको छ ।

कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा, सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, मरिण शाखा अध्यक्ष चिनध्वज बम्जन, विभिन्न राजनिती दलका नेता, व्यापारी, व्यवसायीहरूकाे उपस्थिति रहेेकाे थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्