
भोजपुरको विमानस्थलबाट हप्तामा दुई दिनमात्र उडान हुँदा यात्रु मारमा परेका छन् । विमानस्थल कालोपत्र भएपनि उडान कम हुँदा यात्रु मर्कामा परेका हुन् । २०३५ सालमा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो ।
कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाण्डौ हप्तामा बुधवार र शनिवारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडान सङ्ख्यामा भने समस्या छ ।
केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नु गरेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काले बताउनु भयो । विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो ।