सिन्धुली, ७ जेठ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ६ को तिनखोप्रे लिफ्ट सिचाई आयोजनाको सिलान्यास गरिएको छ ।
आज एक कार्यक्रमका बिच सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले लिफ्ट सिचाई आयोजनाको सिलान्यास गर्नुभएको हो ।
सुनकोशी गाउँपालिका र यूएनडिपीको लचिलो कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा (RERAS) परियोजनाको आर्थिक सहयोगमा तिनखोप्रे लिफ्ट सिचाई आयोजनाको निर्माण कार्य सुरु भएको हो ।
कुल अनुमानित १ करोड ५० लाख रपैयाँ निर्माण लागत रहेको तिनखोप्रे लिफ्ट सिचाई आयोजना बनेपछि तिनखोप्रे क्षेत्रका करिब १ सय ९२ रोपनी जग्गामा सिँचाई सुविधा पुग्ने गाउँपालिकाले जनाएको छ ।
सुनकोशीको पानी बिजुली लिफ्ट प्रविधिबाट तिनखोप्रोमा पु¥याई किसानको खेतमा वितरण गरिने जनाईएको छ ।
यूएनडिपीको लचिलो कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा (RERAS) परियोजना र जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल (LI–BIRD) परियोजनाले व्यवसायीक तरकारी खेती गर्न किसानहरुलाई विभिन्न किसिमको सहयोग गर्दैआएको छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, आयोजनाका प्रतिनिधिहरु लगायत स्थानीयबासिहरुको उपस्थिति रहेको थियो ।