अदालतले विवादित जगदुल्ला हाइड्रोपावरको ठेक्कासम्बन्धी सक्कल फाइल झिकायो

सिन्धुली प्रेस
  • ख-
  • ख+

उच्च अदालत पाटनले डोल्पामा निर्माण हुने १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाका विवादित ठेक्कासम्बन्धी सक्कल फाइल झिकाएको छ । उच्च अदालत, पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको इजलासले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई विवादित ठेक्काको बोलपत्र मूल्यांकनसम्बन्धी सक्कल फाइल नै इजलासमा ल्याउन आदेश गरेको हो ।
उच्च अदालतले मंगलबार जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध परेको रिटमा आदेश गर्दै सक्कल फाइल झिकाएको हो । ‘बोलपत्र बमोजिमको खरिद प्रक्रियासम्बन्धी मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी आगामी शुक्रबारको पेसी तोकिएको,’ आदेशमा उल्लेख छ । अर्को पेसी जेठ २ मा तोकिएको छ ।

सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले गत वैशाख २२ मा जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध रिट दर्ता गरेको थियो । न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले वैशाख २३ मा जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी र कम्पनीको बोलपत्र मूल्यांकन समितिविरुद्ध दायर गरेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत अदालतले आदेश दिएको थियो ।

आफ्नो कम्पनीको प्राविधिक प्रस्तावलाई जगदुल्ला कम्पनीकको मूल्यांकन समितिले अयोग्य ठहर गर्नु सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६१, ६२ को विपरित भएको निवेदक सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीको दाबी छ ।

आर्थिक प्रस्तावमा बोलपत्रदाताहरूबाट कबोल गरिएको रकम प्राविधिक प्रस्तावको मूल्यांकनकै क्रममा सार्वजनिक जानकारी हुनुले सम्पूर्ण खरिद प्रक्रिया नै औचित्यहीन भएकाले प्राविधिक प्रस्ताव मूल्यांकन र त्यसकै आधारमा आर्थिक प्रस्ताव खोल्नका लागि जारी गरिएकौ सूचना बदर गर्न र सम्पूर्ण खरिद प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेशसमेत निवेदकले माग गरिएको छ ।

जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ९ ग्रुप कर्पोरेसन ९ चीन० र एएनके कन्स्ट्रक्सन नेपाल जेभी र सिनो हाइड्रो कर्पोरेसन योग्य रहेको भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले वैशाख २४ मा आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो । जगदुल्ला कम्पनीले वैशाख २४ मा खोलेको आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेपछि ठेक्का जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ९ग्रुप० कर्पोरेसन ९चीन० र एएनके कन्स्ट्रक्सन नेपाल जेभीले पाउने भएका छन् । कम्पनीसम्बद्ध स्रोतका अनुसार सिनो हाइड्रोले मूल्य अभिवृद्धि कर ९भ्याट० सहित १५ अर्ब ७ करोड रुपैयाँ र जियाङ्सी र एएनकेले १३ अर्ब ७३ करोड रुपैयाँ रकम कबोल गरेका थिए । प्राप्त आर्थिक प्रस्ताव मूल्यांकन भइरहेको कम्पनीले जनाएको छ ।

जगदुल्ला लिमिटेडले माघ ६ मा दोस्रो पटक आयोजनाको ठेक्का प्रक्रिया आहृवान गरेको थियो  । यसअघि २०८१ जेठ २० मा सिभिल र हाइड्रो मेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन ९ईपीसी० तर्फ आहृवान गरेको ठेक्का प्रक्रिया विवादमा परेपछि रद्द भएको थियो । उक्त ठेक्काका लागि हाई हिमालयन हाइड्रो र एजीई कम्पनीे जेभी, शर्मा र झोङदिङ इन्टरनेसनल जेभी, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन जेभी, रामेछाप शेर्पा कन्स्ट्रक्सन र सोमा इन्टरप्राइजेज जेभी, सिनो हाइड्रो, ओम इन्फ्रा र फेवा कन्स्ट्रक्सन जेभी गरी सात कम्पनीले आवेदन दिएका थिए । तर प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि गत पुस २२ मा ठेक्का रद्द गरिएको जगदुल्ला कम्पनीको दाबी थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्